पुटिनले लिए पाँचौं पटक रुसी राष्ट्रपति पदको सपथ

<span class='c1'>पुटिनले लिए पाँचौं पटक</span> <span class='c2'>रुसी राष्ट्रपति पदको सपथ</span>

काठमाडौं । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपति पदको सपथ लिएका छन् ।

हालै भएको आम चुनाव जितेका पुटिन नै रुसको राष्ट्रपति बनेका हुन् । उनले क्रेमलिनमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुसको नेतृत्व गर्नु पवित्र कर्तव्य भएको बताए । उनले यो कठिन समयपछि रुस फेरि बलियो हुने बताएका छन् । सपथपछि पुटिनले रुस अन्य देशसँग सम्बन्ध विकास गर्न तयार रहेको बताए । रुसले हरेक खतरा र चुनौतीको उचित जवाफ दिन तयार रहेको पनि बताए ।

युक्रेनसँग चलिरहेको द्वन्द्वका कारण अमेरिकासहित धेरै पश्चिमी देशले पुटिनको सपथ ग्रहण समारोह भने बहिष्कार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्