विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहण बिहीबार दिउँसो ४ बजेका लागि तय भएको छ ।
प्रदेश प्रमुख कार्यालयका अनुसार नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथको तयारी सुरु गरिएको हो ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की बिहीबार एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि बिहीबार बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।