विराटनगर । मोरङको जहदा गाउँपालिका-३ हाथिबन्दाबाट २१८ किलो १७५ ग्राम लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा बिहीबार बिहान १:३० बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
प्रहरीले स्थानीय २४ वर्षीय भगवान किस्कुलाई कारोबार आरोपमा पक्राउ गरेको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।