रबिन्द्र बराल
विराटनगर । मोरङको रङगेली नगरपालिका–९ दोहमनाबाट नेपाली नक्कली नोटसहित एकजना महिला पक्राउ परेकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीको टोलिले सुनवर्सी–५ टकुवा बस्ने ४० वर्षीया कुरेसा खातुनलाई पक्राउ गरेको हो ।
नक्कली नोटको कारोबार भईरहेको सुचनाका आधारमा पुगेको प्रहरीले खातुनको साथबाट नेपाली रुपैँया ५०० दरका १८ थान नक्कली नोट बिहीबार बरामद गरेको थियो । कारोबार भईरहेको सुचना आएपछि प्रहरीको टोलि उक्त स्थानमा पुगेको थियो ।
ईलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाँईले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।