विराटनगरमा लागुऔषध सहित दुई पक्राउ

<span class='c1'>विराटनगरमा लागुऔषध सहित</span> <span class='c2'>दुई पक्राउ</span>

मोरङ, कात्तिक १

मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट प्रहरीले आइतबार लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इटहरी-४ आर्दश टोल २३ बर्षिय सनम शेर्पा र भारत सहर्षा थाना बनगाह-१५ बस्ने २४ बर्षिय दिलिप जैसवाल रहेका छन्।

उनीहरुलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले सनम शेर्पाको साथबाट नाईट्रोसन २९ ट्याब्लेट र दिलिप जैसवालको साथबाट नाईट्रोसन ५० ट्याबलेट, कोरेक्स ८ बोतल, स्पास्नो प्रोक्सिवन ४२४ पिस बरामद गरेको छ। लागुऔषध सहित पक्राउ परेका दुवैजनालाई सिमा प्रहरी चौकी रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्