विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा विराटनगरका नारायणप्रसाद वस्तीलाई नियुक्त सिफारिस भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वस्तीलाई मुख्य न्यायधिवक्तामा नियुक्त सिफारिस गरेका हुन् ।
नेपालको संविधानको धारा १६० को उपधारा २ अनुसार वस्तीलाई नियुक्त गर्न प्रदेश सरकारले प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेको हो । वस्तीको नियुक्ति र शपथग्रहण कार्यक्रम तय भईरहेको छ ।
वस्ती नेकपा एमाले निकट कानून व्यवसायीहरुको संगठन प्रगतिशिल तथा व्यवसायीक कानून व्यवसायी संगठनका कोशी संयोजक तथा केन्द्रीय उपमहासचिव हुन् ।