दशवर्षमा कोशी प्रदेशमा ३३ हजार बढी दुर्घटना, सबैभन्दा धेरै मोटरसाइकल

<span class='c1'>दशवर्षमा कोशी प्रदेशमा ३३ हजार</span> <span class='c2'>बढी दुर्घटना, सबैभन्दा धेरै मोटरसाइकल</span>

विराटनगर । कोशी प्रदेशमा पछिल्ला दशवर्षमा ३३ हजार ३०७ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय रानीको तथ्यांक अनुसार वितग दशवर्षमा उल्लेखित सवारी दुर्घटनामा चार हजार १६३ जनाले ज्यान गुमाएका छन् ।

दुर्घटनामा दश हजार ७१८ जना गम्भीर घाईते र २७ हजार ५७५ व्यक्ति घाईते भएका छन् । दुर्घटना हुने सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन् । दशवर्षको अवधीमा भएका दुर्घटनाका घटनामध्ये ५३ प्रतिशत मोटरसाइकल रहेका छन् । यो अवधीमा १७ हजार ६९५ दुर्घटना मोटरसाइकलका भएका हुन् ।

यसैगरी जीप कारको दुर्घटना भएको तथ्यांक छ । दशवर्षमा चार हजार २३ वटा दुर्घटना भएका छन् । समग्र दुर्घटना १२ प्रतिशत जीप कारको संख्या रहेको छ । यसैगरी साना सवारी ९ प्रतिशत छन् बस, ट्रक र ट्याक्टर, टेम्पो ६÷६ प्रतिशत दुर्घटना भएका छन् भने टिपर १ प्रतिशत दुर्घटना भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्