रबिन्द्र बराल
रंगेली । मोरङको धनपालथान गाउँपालिका २ खयरवनामा भारतबाट अबैध रुपमा नेपाल भित्र्याउँदै गरेको तोरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान ४ बजे भारत बाट नाका हुँदै नेपाल भित्र्याइएको १५ बोरा तोरी प्रहरीले नियन्त्रणमा लिइएको हो ।
उक्त सामग्री विराटनगर भन्सार कार्यालय समेत बुझाएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिएका छन् ।