-अम्बिका अधिकारी
म परदेश जादैछु आमा तिम्रो काखको माया छाड्
मकैको प्रत्येक गाँसमा एक घुट्की पानी लिन्थ्यौ
कमाएर घमण्ड हैन सहनशिल बन्नु भनी उपदेश दिन्थ्यौ
पैसा ठूलो हैन नाम ठूलो सामना गर्नु पर्यो
दुःखको घाँटी निमोटेर सुखको कामनाको नदी तर्नुपर्छ
सोचेको थिए एउटी तिम्रो लागि बुहारी ल्याउँला
साथमा छोडेर सुखले हाँसीहाँसी परदेश जाउँला
तर गरिबको छोरो कस्ले देला र छोरी
न टेक्ने न समाउने केही त थिएन
हरेक रात सोचे अनि मनले दिएन
मलाई बुझ्ने तिमी मात्र थियौ अनि तिमीला .....म
बुझेरै सात समुन्द्र पारी तरेर गए
तिमी त्यहाँ एक्लै म यहाँ एक्लै भए
बाबाको मृत्यु नभएको भए
पैरोले खेतबारी नलगेको भए
साहुले घरबार नलगेको भए
ठूलो महलमा राख्ने सपना पूरा हुनेथियो
थाह छ आमा तिमी जहाँ छौ खुशी हुनु
अनि त सबैले भन्छन् छोरो खाडीमा
आमालाई खुशी राखेको छ मलमल राडीमा
सबै अरुको खुशीकालागि त रहेछनि हाम्रो जीवन
नभए किन भन्थे फलानाले यति कमायो
ढिसकानाले उति भनेर
हुनत पुर्खा देखिनै चल्दै आएको ऋत रहेछ
पैसा धेरै कमाए शुभकार्यमा कार्ड आउँछ
गरिब भए मुखले भाडा मोल्न भएपनि आउनु है
अब तिमीलाई कसैले छुट्याउदैन
किनभने तिम्रो छोरो खाडिमा भएपनि तिमीलाई
हरेकको बाढीमा फस्न दिने छैन
गाडीमा कुदाउन नसके पनि हाँढीमा मकै भुटेर
खानदिने छैन
आमा नआतिनु है कसैले मेरो बारेमा सोधे
नडराई भन्दिए हुन्छ राजा भएर आउँदैछ
मेरो घरलाई परालले हैन टीनले छाउँदैछ
अनि शीर निहुराएर हैन आँखा जुधाँएर बोल्नु
सारा मनका खुशीहरु उनीहरुलाई खोल्नु
आमा पैसा माग्न आए कसैलाई नदिनु
कुनै कुरा सकियो भनेर गाउँमा माग्न नहिड्नु
कसैका बीचमा झगडा परेछ भने छुट्याएर नभिड्नु
फेरि निर्दोषलाई फसाउने जमाना आको छ
आमा तिमी सोझी छौ अनि कमजोर भाको छ
खाटमा पल्याँटी कसेर बस्थ्यौ म तातो बनाएर
खान दिन्थे तर बुढेसकालमा केही गर्न सकिन
हिम्मत नहार है आमा म चाँडै आउदैछु
तिम्रो सपनामा मीठो पल ल्याउँदैछु
अतितका पानालाई पल्टाएर
साहुको ऋण सल्टाएर
तिम्रो छोरो आउँदैलछ आमा तिम्रो छोरो आउँदैछ!!