विराटनगर । नेपाल प्रहरीमा जागिर लगाई दिन्छु भन्दै ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरी गाउँपालिका-३ का ४५ वर्षीय पन्चु पासवान रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
पासवानले कटहरी गाउँपालिका-५ का राज कुमार उराउलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनी ३ लाख ३० हजार रुपैयाँ नगद लिई ठगी गरेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
जेष्ठ १२ गते पक्राउ परेका पासवानको ठगी कसुरमा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।