इन्दु साह
विराटनगर । पाँचवर्षदेखि म्याजिक भेन चलाउँदै आएका चालक विनोद उराउसँग दुर्घटना गराएको कुनै घटना छैन । उनी पेसामा लाग्नेहरुले गम्भीरतालाई बुझेर कर्ममा विश्वास गर्नेहरु असजिलो पार लगाउन सक्ने बुझाई राख्छन् ।
सडक दुर्घटनाको मुख्य कारण ट्राफिक नियम उल्लंघन गर्दै प्रतिस्पर्धा देखाउनु रहेको उनले बताए । उराउ भन्छन् बढि दुर्घटना हुनुको कारण यात्रु र सवारी चालकले ट«ाफिक नियमको पालना नगर्नु हो । सवारी चालकलाई ट«ाफिक नियम थाहा हुँदाहुँदै पनि उल्लघन हुने गर्दछन् । यात्रुले समेत जथाभावी सडक पार गर्ने र चालकले पहिलो प्राथमिकता पैदलयात्रुलाई नमान्ने समस्या रहेको उनको भनाई छ ।
उनको ५ वर्षको सवारीचालक अनुभवमा सवारी दुर्घटनाको रेकर्ड छैन । तर, सडक संरचना, सवारी चाप र चालकको मर्यादा उल्लंघन हुने कार्यले जोखिम सधैं रहेको बताउँछन् । प्रतिस्पर्धा गर्ने कुनै प्रतियोगिता हैन, दैनिक जीविकोपार्जनका लागि गरिने सार्वजानिक सवारीको काममामा हतारो गर्नु मूर्खता हो, उराउले भने–सडकलाई सहि रुपमा निर्माण गरेर यसको प्रयोगमा ध्यान दिए दुर्घटना त्यसै कम हुन्छ ।
सडक विभागले संरचना गुणस्तरीय नबनाउँदा छिट्टै भत्कने र ठाउँ–ठाउँमा खाडल हुने समस्याले दुर्घटनाको जोखिम बढाउने गरेको उनी बताउँछन् । सडकमा भएका खाडलवाट जोगीन सवारी दायाँ–बयाँ मोड्नु पर्छ । यसो गर्दा अन्य छेउछाउका सवारीमा ठोक्किन सक्छ । सडकमा भएका साना खाडलहरु वर्षैसम्म मर्मत नगरीदा दुर्घटना बढ्न सक्ने उनको भनाई छ ।