विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरलाई शान्ति सुरक्षाको निम्ति परिचालन गर्न अटो सिटी बजाज सोरुम इटहरी सुनसरीले चार थान विद्युतीय टेम्पो उपलब्ध गराएका छन् । संचालक प्रदिप कुमार सन्थालियाले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी सुनसरीमा आयोजित एक कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई ४ थान बिद्युतिय टेम्पो हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले कोशी प्रदेश प्रहरी कार्यालयलाई प्राप्त भएको उक्त बिद्युतिय टेम्पो ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई एक थान, समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि परिचालन गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मी र नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहवीका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरियालाई एक÷एक थान हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा डिआईजी खापुङले प्रहरीलाई बिद्युतिय टेम्पो प्रदान गरी सहयोग गर्नु हुने सन्थालिया्रति आभार व्यक्त गर्दै सबैको साथ सहयोगले समाजमा शान्ति सुरक्षा कायम हुने बताएका थिए ।
कार्यक्रममा समाजसेवी सन्थालियाले समाजमा शान्ति सुरक्षा प्रदान गर्न अहोरात्र खटिदा सुरक्षाकर्मीलाई सहजता मिलोस भनेर उक्त बिद्युतिय टेम्पो आफुले प्रदान गरेको बताएका थिए । कार्यक्रममा सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी अधिकृत लगायत ट्राफिक प्रहरी कर्मचारीहरुको साथै संचारकर्मीहरुको समेतको उपस्थिति रहेको थियो ।