विराटनगर । गर्मी बढेपछि इटहरी र धरान उपमहानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएका छन्।
इटहरी र धरानका सम्पूर्ण विद्यालयहरु जेठ १७ र १८ गते विदा हुने जारी सूचनामा उल्लेख गरिएको छ।
केही दिनयता अत्याधिक गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा पर्ने हुनाले बिदा दिइएको जारी सूचनामा भनिएको छ। दिनहुँ यस्तो अत्यधिक गर्मी कायम रहँदा विद्यार्थीहरूको पठनपाठन नै प्रभावित हुने गरेको छ। गर्मीको समय सकिएपछि आइतबारदेखि नियमित रूपमा विद्यालय खुल्नेछ।