म्याद नाघेको डेढ वर्षपछि हस्तान्तरणको तयारीमा बिरेन्द्र सभागृह

<span class='c1'>म्याद नाघेको डेढ वर्षपछि</span> <span class='c2'>हस्तान्तरणको तयारीमा बिरेन्द्र सभागृह</span>

इन्दु साह
विराटनगर । विरेन्द्र सभागृहको पुनः निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यदि अझै थप म्याद लिन नपरे आगामी असार १५ गतेसम्ममा हस्तान्तरण हुने निर्माण कम्पनीले दावी गरेको छ । विराटनगर ७ मा रहेको विरेन्द्र सभा गृह प्रबलीकरण तथा पुन:निर्माण आयोजना निर्माण कम्पनी समानान्तर जोशी, श्री ब्यन्कटेश जे्भीले गर्दै आएको छ ।

विस२०७८ बैशाख ९ गते ठेक्का सम्झौता भई २० करोड लागतमा पुनः निर्माण थालिएको थियो । १८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने मिति तोकिए पनि हालसम्म पनि आयोजना हस्तान्तरण भईसकेको छैन । पुनः निर्माण तथा प्रबलीकरण गर्दै आएको कम्पनीले विभिन्न समयमा म्याद थपाउने अवसर पाएको छ ।भवनभित्र टेकाको रुपमा लगाईएको बाँस शुक्रबार र शनिबार हटाइने दावी छ । त्यसपछि सभागृहको आसपास सरसफाई हुनेछ । सरसफाई गर्ना साथ भवनको कार्य सम्पन्न हुनेछ ।

सम्झौता अवधी भन्दा झन्डै दोब्बर म्याद थप भईसकेपछि हस्तान्तरणको प्रक्रियामा पुगेको बताइएको छ । प्रोजेक्ट म्यानेजर शेखर रायले असार १५ गतेसम्म सरसफाईको कार्य सम्पन्न गरेर हस्तान्तरण गरिने बताए । पहिले पनि रायले २०८० फागुनसम्ममा भवनले पूणर्ता पाउने दावी गरेका थिए । बिरेन्द्र सभागृहको निर्माण नयाँ प्रबिधिबाट बनाइएको छ । भवन भित्र सामान्य सिट ४२० वटा राखिएको छ । भिआईपी १२ सिट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्