ताप्लेजुङको युनाईटेड मेवाखोला हाईड्रोपावरबाट प्रभावित क्षेत्रमा स्थलगत अनुगमन

<span class='c1'>ताप्लेजुङको युनाईटेड मेवाखोला हाईड्रोपावरबाट</span> <span class='c2'>प्रभावित क्षेत्रमा स्थलगत अनुगमन</span>

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन र मिक्वाखोला गाउँपालिकाको सीमाना भएर बग्ने मेवाखोलामा निर्माणका क्रममा रहेको ५० मेगावाट क्षमताको युनाईटेड मेवाखोला हाईड्रोपावरबाट प्रभावित क्षेत्रका बासिन्दाको क्षति एकिन गरी क्षतिपूर्ति प्रदान गर्न बिहिबार स्थलगत अनुगमन भएको छ ।

मेरिङदेन गाउँपालिका उपप्रमुख दुर्गाप्रसाद चोङ्वाङको संयोजकत्वमा गठित क्षतिपुर्ति निर्धारण समितिले निर्माण क्षेत्रमा गएर प्रभावित बासिन्दाको जग्गा जमिनमा भएको क्षतिको यकिन गर्नुका साथै बिवरण संकलन गरेको छ । निर्माण पक्षले तयार गरेको मापदण्ड भित्र क्षति पुगेका धेरै स्थानीयले यसअघि नै क्षतिपुर्ति पाए पनि कतिपयले आफ्नो जग्गा जमिनमा क्षति पुगेको भन्दै क्षतिपुर्ति माग गर्न थालेपछि उक्त समिति बनाईएको थियो ।

प्रभावित क्षेत्रका वडाअध्यक्ष, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि, सरोकार समितिका प्रतिनीधि, स्थानीय सुरक्षा प्रमुख सम्मिलित उक्त समितिले पावरहाउस जाने सडक सहित अन्य संरचना निर्माणबाट क्षति भएको जग्गाको नापजाँच सहित क्षतिको अनुमान गर्नुका साथै स्थानीय सँग छलफल गरेको छ ।

स्थानीयको क्षती यकिन गरि पीडितलाई सम्बोधन गर्ने जस्ता विषयमा जनप्रतिनीधि र स्थानीय सँग छलफल समेत भएको समितिका संयोजक दुर्गाप्रसाद चोङ्वाङले बताउनुभयो । अनुगमनका क्रममा मेरिङदेन गाउँपालिका प्रमुख डम्बर हाङ्गाम, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नापी कार्यालयका प्रतिनिधि, प्रभावित क्षेत्रका वडाअध्यक्ष लगायत सहभागी भएका थिए ।

मूख्य प्रभावित क्षेत्रका बासिन्दालाई क्षतिको मूल्यांकन गरि क्षतिपुर्ति उपलब्ध गराईए पनि हाल पहिल्यै वडाले खनेर हाईड्रोपावर निर्माण स्थलसँग जोडिएका सडकमा जग्गा पर्नेले समेत क्षतिपुर्ति माग्न थालेको हाईड्रोपावरका साईड ईन्चार्ज आसिष केदेमले बताउनुभयो । उहाँका अनुसार सरोकारवाला सहितको टोलिले मुल्यांकन गरेको क्षतिका आधारमा निर्माण पक्षले क्षतिपूर्ति उपलब गराउने छ ।

यस्तै सामाजिक उत्तरदायीतब अन्तर्गत समेत हरेक वडामा बजेट छुट्याएर स्थानीय सरकारको निगरानीमा बिकासका गतिविधि भईरहेको उहाले बताउनु भयो । आयोजनाको मुख्य प्रभावित क्षेत्र खाम्लुङमा मात्र १ करोड ७५ लाख रुपैयाँ बजेट बराबरको बिकास निर्माण लगायतका गतिविधि भएको बताईएको छ । आगामी दुई वर्ष भित्रै सम्पन्न गर्ने गरि हाईड्रोपावरका संरचनाहरु निर्माण भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्