मैत्रीपुर्ण खेलमा विराटनगर युवा अभियन्ता विजय

<span class='c1'>मैत्रीपुर्ण खेलमा विराटनगर</span> <span class='c2'>युवा अभियन्ता विजय</span>

विराटनगर, ८ कार्तिक । विराटनगरमा सोमबार भएको मैत्रीपूर्ण फुटसल खेलको उपाधि विराटनगरका यूवा अभियन्ता टिमले जितेको छ । विराटनगर – ६ मा रहेको फुटसल खेलमैदानमा भएको खेलमा विराटनगर जेसिसलाई चार गोलको विरुद्ध यूवाले पाँच गोल गरि उपाधिमाथि कब्जा जमाएको हो । बिराटनगरका यूवा अभियन्ताको तर्फबाट बिवेक दाहाल, भुवन लम्सालले समान १-१ र बालकृष्ण भट्टराईले दुई गोल गरि जित सुनिश्चत गरेका थिए । जेसिसको तर्फबाट मुकेश यादबले १ र निसव शाक्यले ३ गोल गरेका थिए । जेसिसको टिमबाट १ गोल आत्मघाती भएको थियो । विराटनगर जुनियर जेसिसले आयोजना गरेको २१ अौ स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मैत्रीपूर्ण फुटलस प्रतियोगिता आयोजना गरेको हो । निकै रोमान्चित भएको खेलमा दबै टिमका खेलाडीहरु आक्रमक रुपमा प्रस्तुत भएका थिए । जेसिसले हप्ताभरी नै विभिन्न कार्यक्रम गरि सप्ताह मनाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्