राजदूत फिर्ता निर्णय आपत्तिजनक : नेता कोइराला

<span class='c1'>राजदूत फिर्ता निर्णय आपत्तिजनक</span> <span class='c2'>: नेता कोइराला</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको ११ देशका राजदूत फिर्ता बोलाउने निर्णयप्रति आपत्ति जनाउँदै यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य नभएको टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै नेता कोइरालाले विभिन्न ११ देशका राजदुत फिर्ता बोलाउने सरकारको उक्त निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन् ।

‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाइ हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ?दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन्’, नेता कोइरालाले सामाजिक सञ्जाल एक्स (साबिकको ट्विटर)मा लेखेका छन् । सरकारले गत बिहीबार भारत र अमेरिकासहित विभिन्न ११ देश राजदुत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्