“भारतीय चाकडी बन्द गर” भन्दै बिराटनगरका सडकमा युवाहरू

<span class='c1'>“भारतीय चाकडी बन्द गर”</span> <span class='c2'>भन्दै बिराटनगरका सडकमा युवाहरू</span>

बिराटनगर कार्तिक १७  , भारतीय राष्ट्रपति प्रणब मुखर्जी आज ३ दिने अौपचारिक भ्रमणमा आज नेपाल आउनुभएको छ । सरकारले यस अघि नै आज भारतीय राष्ट्रपति आउने भनी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो जुन निर्णयको देशैभर चर्को बिरोध पनि भयो । बिरोधका बाबजुद सरकारले आफ्नो निर्णय फिर्ता लिएन र आज सार्वजनिक बिदा पनि दिइयो । यसैको बिरोधमा आज बिराटनगरका सडकमा विभिन्न नाराका प्ले कार्ड सहित युवाहरू निस्केका थिए । " बिदा केे को लागि ?" , "भारतीय चाकडी बन्द गर" जस्ता नारा सहितका प्लेकार्ड सहित युवाहरू सडकमा निस्केर बिरोध गरेका थिए । भ्रष्टाचार बिरुद्धको अभियान बिराटनगरको नेतृत्वमा उक्त बिरोध कार्यक्रम आयोजना गरिएको अभियानका पारुल क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्