बिराटनगर कार्तिक १९ , पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि क्रिकेट खेलाडी छनोटमा खेलाडीले गुनासो गरेका छन् । विराटनगरका पुराना क्रिकेटर मोती चौधरीले छनोटमा निष्पक्ष तरिकाले छनोट नभएको गुनासो पोखे । उनलेे भने " चार ओभरको बलिङमा मैले ५ विकेट लिएको थिए , त्यहि पनि म टिममा पर्न सकिन" । यता मोरङका क्रिकेट प्रशिक्षक महेश रिजाल संग आवर बिराटनगर डट नेटले कुरा गर्दा उनले छनोट पुर्णरुपमा निष्पक्ष भएको र मोती चौधरीको ब्याटिङमा कमजोरी देखिएको हुनाले टिममा पर्न नसकेको बताए । टिममा मोतीले जस्तै स्पिन बलिङ गर्ने २ जना उत्कृष्ट खेलाडी टिममा रहेकाले थप स्पिनरलाई टिममा अटाउन नसकिएको बताए । मोती पुराना र राम्रा खेलाडी भएपनि टिममा उनी भन्दा राम्रो अलराउण्ड प्रदर्शन गर्न सक्ने खेलाडी रहेकाले छनोट हुन नसकेको प्रशिक्षक रिजालले बताए ।