बिराटनगर लागूऔषधसहित एक युवक पक्राउ

<span class='c1'>बिराटनगर लागूऔषधसहित एक</span> <span class='c2'>युवक पक्राउ</span>

मोरङ, कार्तिक १९

मोरङको बिराटनगर २१ बाट बिहिबार अपरान्ह लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बिराटनगर ९ बस्ने २५ वर्षिय महेन्द्र राजवंशी छन्। भारतीय
जोगबनीबाट आउदै गरेका राजवंशीलाई लागूऔषध नियन्त्रण ईकाईबाट खटिएको टोलीले बिराटनगर २१ स्थित रानी भन्सार कार्यालयको ढाट नजिक चेकजाँच गर्दा उनले शरिरमा लुकाई ल्याएको अवस्थामा ८० पिस नाइट्रोसन ट्याब्लेट बरामद भएको थियो।

राजवंशीलाइ इलाका प्रहरी कार्यालय रानीमा राखि अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्