बिराटनगरलाई महानगरपालिका बनाउन सिफारिस

<span class='c1'>बिराटनगरलाई महानगरपालिका</span> <span class='c2'>बनाउन सिफारिस</span>

बिराटनगर कार्तिक २३ , राज्य  पुनर्संरचना प्राविधिक सहयोग समितिले मोरङमा एउटा महानगरपालिकासहित १७ वटा स्थानीय तह बनाउन सिफारिस गरेको छ ।
जिल्लामा रहेका राजनीतिक दलहरुको सहमतिमा प्राविधिक सहयोग समितिले विराटनगरलाई महानगरपालिका बनाएर १० नगरपालिका र ६ वटा गाउँपालिका बनाउन स्थानीय तह पुनर्संरचना आयोगमा सिफारिस गरेको हो । मोरङका स्थानीय विकास अधिकारी एवम् स्थानीय तह पुनर्संरचना सहयोग समितिका संयोजक सोभाखर रेग्मीले सवै दलको सहमतिमा प्रविधिक सहयोग समितिले आयोग समक्ष मोरङको स्थानीय तहको पुनर्संरचनाको खाका पठाएको जानकारी दिनुभयो ।

अघिल्लोपटक मोरङमा १३ वटा स्थानीय तह बनाउने निर्णय गरिएपनि आयोगले देशभर स्थानीय तहको संख्या बढाउने भएपछि मोरङ जिल्लामा १२ देखि १७ वटासम्म स्थानीय तह बनाउन सिफारिस गरिएको थियो । जस अनुसार मोरङमा रतुवामाई र मिक्लाजुङ नगरपालिका थप गरिएको छ । यसैबीच विराटनगरलाई महानगरपालिका बनाउन सिफारिस गरिए पनि जनसंख्याको मापदण्ड भने नपुग्ने देखिएको छ । हाल विराटनगर उपमहानगरपालिकामा मात्र २ लाख १ हजार जनसंख्या रहेकोमा प्राविधिक समितिले बैजनाथपुर र बुधनगर गाविसलाई समावेश गरेर महानगरपालिका बनाउन प्रस्ताव पठाएको छ । तर यसरी २ वटा गाविस समावेश गर्दा पनि जनसंख्याको न्यूनतम मापदण्ड ३ लाख १५ हजार पुग्न सकेको छैन । विराटनगर उपमहानगरपालिका तथा बैजनाथपुर र बुधनगर गाविसको समेत गर्दा पनि २ लाख ८१ हजारमा मात्र जनसंख्या पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्