जवाफदेहीताको लागि राष्ट्रव्यापी फोटो प्रतियोगिता हुदै

<span class='c1'>जवाफदेहीताको लागि राष्ट्रव्यापी</span> <span class='c2'>फोटो प्रतियोगिता हुदै</span>

बिराटनगर कार्तिक २४  , देशमा जवाफदेहीता बढाउने उदेश्यले बिकल्प एन अल्टर्नेटिभले राष्ट्रव्यापी रुपमा जवाफदेहीता फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता अन्तर्गत कुनै पनि कार्यालय तथा सार्वजनिक स्थानमा जवाफदेहीताको प्रयोग तथा उल्लंघन भएका तस्बिरहरु छोटो जानकारी सहित पठाउनुपर्नेछ । फोटोहरु नेपाल अधिराज्यभरबाट पठाउन सकिनेछ । प्रतियोगितामा भाग लिन पौष ५ गतेसम्ममा तस्बिरहरु (www.bikalpa.net/apc2016मा पठाउनुपर्नेछ । प्रतियोगितामा प्रथम हुने उत्कृष्ट फोटोलाई नगद २५ हजार रुपैयाँ पुरस्कार , त्यसैगरी मोबाइलबाट खिचिएको उत्कृष्ट फोटोलाई नगद १५ हजार रुपैया साथै विकल्पको फेसबुकमा राखिएको  सबैभन्दा बढि लाइक ल्याउन सक्ने तस्बिरलाई नगद १० हजार रुपैया प्रदान गरिने आयोजक संस्थाका निर्देशक बसन्त अधिकारीले बताउनुभयो । जवाबदेहिताको बिषयमा नागरिकहरुमा सचेतना जगाउन र जवाबदेहि समाज निर्माण गर्न सहयोग पुर्याउने हेतुले विकल्प-एन अल्टरनेटिभले अन्य विभिन्न संघसंस्थाहरुको सहयोगमा जवाबदेहिता फोटो प्रतियोगिता संचालन गर्न लागेको अधिकारीले बताउनुभयो । उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सन एड नेपाल , एकाउन्टिबिलिटि ल्याब र वर्ल्ड  भिजन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्