मोरङमा महिलाको नाममा जग्गा पास गर्नेहरुको संख्या बढ्यो

<span class='c1'>मोरङमा महिलाको नाममा जग्गा</span> <span class='c2'>पास गर्नेहरुको संख्या बढ्यो</span>

बिराटनगर कार्तिक २५ , चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा ६ हजार २ सय ८६ जनाले जग्गा पास गरेकोमा महिलाको नाममा २ हजार ४ सय ३४ जनाले जग्गा रजिस्ट्रेशन भएको जिल्ला मालपोत कार्यालय मोरङले जनाएको छ । सरकारले महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिइने व्यवस्था गरेकाले महिलाको नाममा जग्गा रजिस्ट्रेशन गर्नेहरुको संख्या बढेको मालपोत अधिकृत कुमार आचार्यले जानकारी दिनुभयो । गत आर्तिक वर्ष सोही अवधिमा १ हजार ८ सय ६५ जना महिलाको नाममा जग्गा रजिस्ट्रेशन भएको थियो ।
यस्तै गत आर्थिक वर्षमा २५ हजार ९ सय ७७ वटा रजिष्टे«शन पास भएकोमा महिलाको नाममा १० हजार ३ सय २६ जनाले रजिस्ट्रेशन पास गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्