विराटनगर । रगतको अभाव भइरहेको वर्तमान परिस्थितिमा तेली कल्याण समाजले एक सफल रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममाकुल ४१ पिन्ट रगत संकलन गरिएको छ।
तेली कल्याण समाज मोरङका अध्यक्ष डा. बाल कृष्ण साहका अनुसार, संकलित रगतमध्ये १२ पिन्ट तत्काल आवश्यक परेका बिरामीहरूका लागि विभिन्न अस्पतालहरूमा पठाइएको छ। "हामीले कार्यक्रम स्थलबाटै अत्यावश्यक बिरामीहरूका लागि रगत पठाएका छौं," उनले भने। यो कार्यक्रम तेली कल्याण समाजको निरन्तर सामाजिक सेवाको एक भाग हो। समाजका अध्यक्ष डा. साहले बताए अनुसार, संस्थाले आफ्नो समुदायको लागि मात्र नभई सम्पूर्ण नेपाली जनताको हितका लागि विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।