मैत्रीपुर्ण फुटसल खेलमा डाक्टरहरुको समुह बिजयी

<span class='c1'>मैत्रीपुर्ण फुटसल खेलमा</span> <span class='c2'>डाक्टरहरुको समुह बिजयी</span>

बिराटनगर मङ्सिर ३, बिराटनगर जेसिजको जेसिज सप्ताह अन्तरगतको पाचौ कार्यक्रम मैत्रीपुर्ण फुट्सल खेल सम्पन्न भएको छ । हिट्स एन्ड ह्याङ आउटको खेल मैदानमा भएको उक्त फुट्सल खेल बिराटनगर जेसिज र डाक्टरहरुको समुह बिच भएको थियो । जसमा डाक्टरहरुको समुह ५-४ गोल अन्तरले बिजयी भएको थियो ।
उक्त कार्यक्रम मा प्रमुख अतिथीको रूपमा  आफ्ना भनाइ राख्दै कोशी अन्चल अस्पताल प्रमुख डा रोशन पोख्रेल ले यस्ता मैत्रीपुर्ण खेलले एकता र सम्बन्ध बिस्तारमा महत्त्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । बिराटनगर जेसिज का अध्यक्ष भगवती कालिकोटेले नेतृत्व र ब्यक्तित्व बिकास गर्ने सस्था जेसिज ले यस्ता कार्यक्रम को आयोजना गर्नु को उदेश्य जन सम्पर्क बिस्तार गर्दै जेसिजको अभियानलाइ सबै सम्क्ष पुर्याउदै आपसि भाइचारा कायम राख्नु रहेको बताउनु भयो ।
त्यसै गरि मुख्य कार्यक्रम संयोजक तथा बिराटनगर जेसिज का वरिष्ठ कार्यकारिणी उपाध्यक्ष मिलन पौडेल ले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो
।उक्त कार्यक्रमको संयोजक प्रदिप दाहालले  कार्यक्रम सफलता पुर्वक सम्प्न गर्न सहयोग गर्ने सबैलाइ धन्यवाद दिनु भएको थियो ।

सप्ताह ब्यापी कार्यक्रम अन्तरगत अब नेतृत्व बिकास तालिम र जेसिज सम्मान तथा जेसिज सप्ताह समापन समारोह बाकी रहेको बिराटनगर जेसिजका जनसम्पर्क अधिकारी सुभाष भण्डारीले जान्कारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्