विराटनगर । विराटनगरमा रहेर साहित्य तथा समाजसेवाको क्षेत्रमा क्रियाशिल भैरोदान सुरानाको ९१ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयसँग स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल तथा विराटनगर तीनपैनीस्थित आफ्नै निज निवासमा उपचारत सुरानाको बुधबार मध्यान्ह निधन भएको हो ।
परिवारका सदस्य अरुण सुरानाका अनुसार उहाँको आन्तिम संस्कार परम विश्रान्ती घाट हाटखोलामा बुधबार साँझ ५ बजे गरिनेछ । स्वर्गिय सुरानाका तीन छोरा पवन, अशोक र अरुण, श्रीमती र तीन छोरी छन् ।