“देशको लागि खेल्यौ र उपाधि जित्न सफल भयौं” – सुजल श्रेष्ठ

<span class='c1'>“देशको लागि खेल्यौ र उपाधि जित्न</span> <span class='c2'>सफल भयौं” – सुजल श्रेष्ठ</span>

६२ वर्षपछि एसियाली फुटबल महासंघ एएफसीको आधिकारी फुटबल प्रतियोगिता जितेर गत मंगलमार मात्रै नेपालले इतिहास रचेको छ । मलेसियाको कोचिङमा सम्पन्न फाइनल खेलमा प्रतिद्धन्दी मकाउलाई १–० ले हराउदै नेपालले उपाधि घर भित्राउन सफल भयो, जसमा नायक रहे धनकुटा घर भएका स्ट्राइकर/मिडफिल्डर सुजल श्रेष्ठ । स्ट्राइकर भरत खवासको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका सुजल प्रतियोगितापश्चात एकाएक चर्चित बन्न पुगेका छन् । हुन त यसअघि पनि राम्रै लयमा रहेका श्रेष्ठ एएफसी सोलिडारिटी कप पश्चात सबैको नजरमा परेका हुन् । उपाधि जितेर नेपाल फर्किएसँगै उनै सुजल श्रेष्ठसंग भूमिका पाख्रिनले गरेको कुराकानीको केही अंश –

१) फाइनल खेलमा गोल गर्ने वित्तिकै सर्वप्रथम कसलाई सम्झनु भयो ?
मैले आफ्नो आमा र फुपुलाई सम्झिँए । किनकी मेरो प्रत्येक खेलमा वहाहरु मेरो खेल राम्रो होस्, मैले देशको लागि राम्रो खेल्न सकुँ भनेर प्रार्थना गर्नुहुन्छ, दियो बाल्नु हुन्छ ।
२)उपाधि भित्राउने कुरामा कतिको विश्वस्त हुनुहुन्थ्यो ?
हामी जुनसुकै खेलमा पनि जित्नकालागि मैदानमा उत्रन्छौ । हाम्रो उदेश्य नै देशमा उपाधि ल्याउनुथियो । जित्नेमा आत्मविश्वास थियो नै । मेहेनत पनि उत्तिकै गरेका थियौ । सबैले मिलेर खेल्यौ र जित्यौ पनि ।
३)उपाधि जितेपश्चात चौतर्फी तपाईको चर्चापरिचर्चा छ । कस्तो महसुस गर्दैहुनुहन्छ ?
एकदमै खुशी लागिरहेको छ । विश्वास नै गर्न गाह्रो भयो सुरुमा त । देशको लागि उपाधि दिलाउन पाउदा खुशी छु, गर्व महसुस भएको छ ।
४)फुटबल खेलतर्फ कसरी आकर्षित हुनुभयो ?
सन् १९९८ को विश्वकप हेर्दाताका ब्राजिलका स्ट्राइकर रोनाल्डोको खेल साह्रै मन पथ्र्यो । उनको खेल देखेर नै म पनि फुटबल तर्फ आकर्षित भएको हुँ ।
५)फुटबलमा तपाई कसको फ्यान भन्न रुचाउनु हुन्छ ? कुन खेलाडीबट बढी प्रभावित हुनुहुन्छ ?
म त्रिश्चियानो रोनाल्डोको फ्यान हुँ । उनको खेल कौशलबाट प्रभावित छु, साथै क्लबमा भने मलाई रियल मड्रिड मन पर्छ ।
तपाईको विचारमा नेपाली फुटबलको विकासमा कसको भूमिका बढी हुन्छ होला ?
यसमा केही हदसम्म खेलाडी कै भूमिका भएपनि विशेष गरी चाही सरकारले खेलक्षेत्रको विकासमा ध्यान दिनसके नेपाली फुटबल अझै माथि जानसक्छ ।
६)अन्त्यमा आफ्ना शुभचिन्तकहरुलाई के भन्न चाहानुहुन्छ ?
तपाईहरुको माया र सपोर्ट यस्तै रहिरहोस् । सबैलाई धेरै धेरै धन्यवाद । नेपाली फुटबललाई यसरी नै माया अनि सर्पोट गरिदिनुहोला भन्न चाहान्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्