मिस कोशीको बिजेतासहित रनरअपहरूलाई विराटनगरमा सम्मान

<span class='c1'>मिस कोशीको बिजेतासहित</span> <span class='c2'>रनरअपहरूलाई विराटनगरमा सम्मान</span>

विराटनगर । आठौँ संस्करणको मिस कोशी २०२४ प्रतियोगिताको उपाधि बिजेतासहित रनरअपहरूलाई सम्मान गरेको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिले बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा मिस कोशीका विजेता सुनसरी इटहरी १९ तरहरा घर भएकी शुभ लक्ष्मी राई, त्यसैगरी आयोजकको छनोट विजेतामा धरानकी निशा हाङ्मा लिम्बु, फस्ट रनरअप धरानकै निशा हाङ्मा लिम्बु, सेकेण्ड रनरअप झापाकी निगम मोक्तान तामाङ्ग, थर्ड रनरअप जुम्लाकी कृति बस्नेत र चौथो रनरअप इटहरीकी स्वस्तिका राई रहेकी छिन् ।
सुनसरीको धरानमा गत शनिबार सम्पन्न भएको फाइनलमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शुभलक्ष्मी राईले मिस कोशीको उपाधि जितेकी थिइन् । उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर जितिन् ।


सम्मानित भएका प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्र्की, जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज राय, सिइओ निशा खतिवडा रायले सम्मान गरे । त्यसैगरी मिस कोशीको बिजेता शुभ लक्ष्मी राईले आगमी लक्ष्य मिस युनिभर्स नेपालको उपाधि जित्ने रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्