मैत्रीपूर्ण फुटबल खेलमा फुटबल संघ विजयी

<span class='c1'>मैत्रीपूर्ण फुटबल खेलमा</span> <span class='c2'>फुटबल संघ विजयी</span>

बिनु तिम्सिना

मोरङ जिल्ला फुटबल संघ र नेपाल पत्रकार महासंघ मोरङबीच शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलमा फुटबल संघ विजयी भएको छ ।

खेलमा फुटबल संघले पत्रकार महासंघलाई ३–० गोलले पराजित गरेको हो । संघका लागि किरण गिरी, दुर्गा श्रेष्ठ र प्रकाश मास्केले १–१ गोल गरेका थिए । खेलको उद्घाटनमा पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, वरिष्ठ फुटबल प्रशिक्षक शिवभक्त जोशी, एन्फाका केन्द्रीय सदस्य बसन्त अर्याल, लवभक्त श्रेष्ठ लगायतको उपस्थित रहेको थियो । मंसिरमै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि दबाब दिने उद्देश्यले मैत्रीपूर्ण खेलको आयोजना गरिएको फुटबल संघले जनाएको छ ।

फुटबल संघकातफ्र एन्फाका उपाध्यक्ष सन्तोष बानिया र नेपाल पत्रकार महासंघ मोरङका तर्फबाट महासंघका अध्यक्ष महेन्द्र विष्टको नेतृत्वमा खेल सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्