मेनपावर व्यवसायी विराटनगरकाे एक हाेटलमा मृ*त भे*टिए

<span class='c1'>मेनपावर व्यवसायी विराटनगरकाे एक</span> <span class='c2'>हाेटलमा मृ*त भे*टिए</span>

विराटनगर । एक जना मेनपावर व्यवसायी विराटनगरमा मृत भेटिएका छन् ।

सुनसरीकाे इनरुवा नगरपालिका -६ घर भएका २८ वर्षीया राजिव फुयाल बिहिबार बिहान विराटनगर ११ नयाँ गुद्री अगाडिको हाेटलमा मृत भेटिएका हुन् ।

हाेटलकाे १०८ नम्बर काेठामा झून्डिएकाे अवस्थामा उनकाे शव भेटिएको छ । अहिले घटना स्थलमा वडा प्रहरी कार्यालय विराटनगरका डिएसपीकाे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। मृतक फुयाल लामाे समयदेखि मेनपावर संचालन गरेर बसेकाे बुझिएको छ । उनले बुधबार भारत हुँदै २५ जना युवालाई डेन्मार्क पढाउने भनेर विराटनगर लिएर आएका थिए । उनी विराटनगरकाे नयाँ गुद्री अगाडि बसेका थि। भने बिदेश जाने युवाहरू भने रानी क्षेत्रमा बसेका थिए ।

बिहान युवाहरू बिच नआएपछि खाेज्दै हाेटलमा पुग्दा उनी मृत भेटिएका हुन् । एक जनाबाट उनले ७ लाख लाग्ने बताएका थिए । बिदेश पढाउनुभन्दा अगाडि एक जनाबाट ढेल लाख लिएका थिए । बाकी रकम बिदेश पुगेपछि दिने भनिएकाे मुकेश कुमार पन्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्