काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सांसद कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मन्त्रालयको जिम्मेवारी दिएसँगै उनले बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामा ठूलो भूमिका खेल्ने जानकारी दिएका छन् ।
उनले भने, ‘म बागमती प्रदेशको १३ वटै जिल्लाको जनताको लागि काम गर्न मन्त्री बनेको हो ।’ उनले दोलखा निर्वाचन क्षेत्र १ ख बाट प्रदेश सांसदमा जितेका थिए ।