सरकारले दिने निःशुल्क औषधी सेवन गर्न मान्दैनन् मोरङको लखन्तरीका स्थानीय

<span class='c1'>सरकारले दिने निःशुल्क औषधी सेवन गर्न</span> <span class='c2'>मान्दैनन्  मोरङको लखन्तरीका स्थानीय</span>

मोरङ– सरकारले स्वास्थ्य चौकीमा उपचार र निःशुल्क औषधिको सेवा दिएको छ भन्ने मोरङको लखन्तरीका बासिन्दालाई राम्रो जानकारी छ । गाउँमा दिनहुँजसो मानिस केही न केही बिरामी परिरहेका हुन्छन् । तर, गाउँले बिरामी पर्दा स्वास्थ्य चौकी आउँदैनन् बरु नजिकैको झोराहाट र मिलनचोकमा अवस्थित क्लिनिकतिर धाउँछन् । बिरामी पर्दा क्लिनिक धाउनेमध्येकै एकजना हुन भुटीदेवी ऋषिदेव । लखन्तरी गाविस–१ मा बस्ने उहाँको टोलका मानिस बिरामी पर्दा स्वास्थ्य चौकी जाँदैनन् । ऋषिदेव भन्छन्, “सरकारले डाक्टर दिएको छ, औषधि पनि दिन्छन् तर ती डाक्टरले जाँचेर दिएको औषधिले कामै गर्दैन् । बिरामी पर्दा औषधि खायो लाग्दै लाग्दैन् ।” उनी मात्रै होइन, टोलभरीका मानिसलाई यही भ्रमले गाँजेको छ ।

 

लखन्तरीकै चन्द्रकला मोदीलाई पनि स्वास्थ्य चौकीको औषधिभन्दा क्लिनिकतिरकै बढी प्रभावकारी हुन्छ भन्ने लाग्छ । सामान्य बिरामी पर्दा पनि स्वास्थ्य केन्द्रभन्दा अन्तै जाउँकी भन्ने इच्छा हुने गरेको बताउँदै मोदीले भनिन्, “स्वास्थ्य केन्द्रले औषधि त दिन्छ तर काम कतिको गर्छ टुङ्गै हुँदैन ।” मोरङको लखन्तरीमा मात्र नभएर धेरै ग्रामीण क्षेत्रमा बिरामी पर्दा मानिस सकभर स्वास्थ्य केन्द्र कमै जाने गर्छन्, गएका केही सर्वसाधारणले पनि त्यहाँबाट वितरण हुने औषधि सेवन गर्दैनन् । त्यस्ता औषधि लिन्छन् अनि घरमै थन्क्याउँछन् । सरकारले निःशुल्क वितरण गर्ने औषधिले काम गर्दैन् भन्ने ग्रामीण क्षेत्रमा ठूलो भ्रम रहेको छ । स्वास्य केन्द्रमार्फत सरकारले ७० थरिका औषधि निःशुल्क वितरण गर्ने व्यवस्था गरे पनि त्यसको प्रभावकारिता माथि भने ठूलो प्रश्न चिह्न छ । “एक पटक हाम्रो गाउँमा निःशुल्क स्वास्थ्य शिविर चल्यो, धेरैले स्वास्थ्य जाँच गराए तर शिविरका डाक्टरले दिएको औषधि गाउँका कसैले खाएनन्” लखन्तरीकै स्थानीय जानुका मगरले भनिन्, “डाक्टरले दिएको पर्चा क्लिनिकमा गएर देखाइ त्यहाँ लेखिएको औषधि किनेर ल्याए तर शिविरमा दिएको औषधि खाएनन् ।” उनले स्वास्थ्य केन्द्रबाट दिइने औषधि खाँदा रोग बिसेक हुँदैन भन्ने गाउँलेको सोचाइ रहेको बताए । स्वास्थ्य चौकी लखन्तरीका प्रमुख टङ्क ढकाल सरकारले दिने औषधिको विषयमा जनमानसमा ठूलो भ्रम रहेको स्वीकार गर्दै भने, “हामीले औषधि उही हो चाहे स्वास्थ्य केन्द्रले दिने होस् अथवा क्लिनिकबाट खरिद गरिएको भनेर सम्झाउने कोसिस गर्छौं तर धेरैले पत्याउँदैनन् ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्