मोरङमा तीन दर्जन औषधि पसल तथा चिकित्सकको क्लिनिकमा तालाबन्दी

<span class='c1'>मोरङमा तीन दर्जन औषधि पसल</span> <span class='c2'>तथा चिकित्सकको क्लिनिकमा तालाबन्दी</span>

विराटनगर– संयुक्त अनुगमन टोलीले मोरङमा तीन दर्जन औषधि पसलसहित विभिन्न चिकित्सकको क्लिनिकमा तालाबन्दी गरेको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित संयुक्त अनुगमन टोलीले बिना इजाजतपत्रका औषधि पसल, चिकित्सकको क्लिनिक, पोलिक्लिनिक, डाइगोनेस्टिक सेन्टर र नर्सिङहोममा तालाबन्दी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका प्रमुख चन्द्रदेव मेहताले जानकारी गराए । यही मङ्सिर १ देखि ५ गतेसम्ममा विराटनगर, रङ्गेली, टङ्कीसिनुवारी, उर्लाबारीसमेत गरी ८५ वटा पसलमा अनुगमन गर्दा बिना इजाजतपत्र र नवीकरण नभएका त्यस्ता औषधि पसल र क्लिनिकमा तालाबन्दी गरिएको उनले जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङका अधिकृत शिवनारायण यादवको संयोजकत्वमा सञ्चालित सो टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, औषधि व्यवस्था विभाग कार्यालय, विराटनगरका प्रमुख र प्रहरीको समेत सहभागिता रहेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्