विराटनगरमा गर्मी बढेको बढ्यै : तातो हावाबाट प्रभावित बिरामीलाई प्राथमिकतामा राख्न अस्पतालसँग आग्रह

<span class='c1'>विराटनगरमा गर्मी बढेको बढ्यै : तातो हावाबाट</span> <span class='c2'>प्रभावित बिरामीलाई प्राथमिकतामा राख्न अस्पतालसँग आग्रह</span>

इन्दु साह
विराटनगर । साउन महिना लागे पनि विराटनगरमा गर्मी बढेको बढ्यै छ । मनसुनी वर्षाको अपेक्षा गरिए तापनि पर्याप्त नहुँदा उच्च तापक्रमबाट नागरिक प्रभावित भइरहेका छन्। गर्मी बढ्दै जाँदा तातो हावा चल्ने र लु लाग्ने संभावनालाई ध्यानमा राखेर विराटनगर महानगरपालिकाले तयारीलाई तिव्र बनाएको छ ।

महानगर स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवका अनुसार नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राखी निजी र सरकारी अस्पतालहरुलाई तातो हावाबाट प्रभावित बिरामी आएमा प्राथमिकतामा राख्न अनुरोध गरिएको छ । उक्त अस्पालहरुसँग लु लागेका लगायत गर्मीका कारण अन्य स्वास्थ्य समस्या आए उनीहरुको व्यवस्थापनमा सहजीकरण गरीदिने निर्णय भएको छ ।

वडामा भएका स्वास्थ्य शाखालाई समेत लु लागेका बिरामी आएमा कसरी प्राथमिक उपचार गर्ने, नागरिकलाई कसरी कसरी जोगीने भन्ने उपाय सिकाउने भन्नेबारे वडावासीहरुलाई जानकारी गराउन लगाइको दावी छ । महानगरका स्वास्थ्य चौकीहरुमा आउने बिरामीमा बढी जसो शरीरमा पानीको कमी भएर डिहाईड्रेशन देखिने गरेको छ । उच्च तापक्रम हुँदा गर्मीका कारण शरीरबाट पसिना अत्याधिक जाने हुन्छ । यसले गर्दा दैनिक शरीरलाई आवश्क पर्ने पानी पर्याप्त मात्रामा नपिउँदा डिहाईड्रेशन हुने गर्दछ ।

त्यसैले उच्च तापक्रममा बेहोस हुने, चक्कर आउने, लु लाग्ने जस्ता समस्या देखा पर्ने गरेका छन् । पसिना बढी जाने ,बेहोस हुने समस्या सामान्य त खेलकुदमा संलग्न बालबालिका , चिसो कोठा बाहेक बाहिर सडकतिर काम गर्नेमा समस्या हुन्छ । महाशाखा प्रमुख यादवका अनुसार यदि शरीरमा पानीको कमी भए १ देखि ५ वटासम्म जीवनजल पानीमा घोलेर पिउनुपर्ने बताए । साथै अति आवश्यक काम नभए घरबाहिर घाममा नहिड्न उनले सुझाव दिएका छन् । दिउँसोको तापक्रम ३५ देखि ४५ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । उच्च तापक्रमको कारण गर्मी झन् बढी महसुस हुने गरेको छ । अपेक्षित मनसुनी वर्षा नहुँदा गर्मी एकैनासको हुने गरेको छ । उच्च तापक्रमका कारण जनजीवनमा लगायत दैनिक गतिविधिहरूमा प्रत्यक्ष असर परीरहेको हो । स्वास्थ्य महासाखाले गर्मीका कारण विरामीको संख्या बढेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन सुझाव दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्