विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार झापाको झापा गाउँपालिका १ स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले रोकी राखेको को. ३२ प ८९७४ नम्बरको मोटरसाईकल सहित दमक-१२ का २६ वर्षीय मनिस थापा, २२ वर्षीय रिकाश बस्नेत र १९ वर्षीय रोमित कट्वाल समेतलाई शंका लगि चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ६०० मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको छ ।
त्यसैगरी मोरङको विराटनगर-१७ बाट बा. ९८ प ४६ नम्बरको मोटरसाईकल चालक सुन्दरहरैँचा नगरपालिका ३ का ३२ वर्षीय मनोज कटुवाल र मोटरसाईकलमा पछाडी सवार ३२ वर्षीय अम्बिर यक्सो लिम्बूलाई ३ ग्राम ५८ मिलिग्राम ब्राउन सगुरसहित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय चतरा सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका २ स्थितबाट बा.५६ प.६९३५ नम्बरको स्कुटर चालक भोजपुर हतुवागडी गाउँपालिका-९ घर भई हाल बराहक्षेत्रमा बस्दै आएका ३३ वर्षीय कृष्ण कुमार राईलाई ५३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने धरान उपमहानगरपालिका १५ की जोनु राईलाई ट्रामाडोल १२० क्याप्सुल र कोलिवान १४० ट्याब्लेट औषधीसहित इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।