विराटनगरका तीन विद्यार्थीले सर्वोच्च अदालतमा रिट दायर गरे, यस्ता छन् माग

<span class='c1'>विराटनगरका तीन विद्यार्थीले सर्वोच्च अदालतमा रिट</span> <span class='c2'>दायर गरे, यस्ता छन् माग</span>

विराटनगर साउन १९, विराटनगरका ३ जना विद्यार्थीले शिक्षकको लाइसेन्स पाँच-पाँच वर्षमा नवीकरण गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। विराटनगरको ब्राइट भिजन ल कलेजमा अध्ययन गरिरहेका विद्यार्थीहरु अनिशकुमार कट्टेल, श्रेया विष्ट र विशेष अछामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाउँदै बिहीबार रिट दायर गरेका हुन् ।

शिक्षक सेवा आयोगबाट अध्यापन अनुमति पत्र लिई आयोगबाट माग भएको विज्ञापनमा रितपूर्वक परीक्षा दिएर उत्तीर्ण भएका आधारभूत र माध्यमिक तहमा अध्यापनरत शिक्षकहरूले कार्य प्रारम्भ गरिसकेपछि जीवनभर पुनः अर्को कुनै परीक्षा दिनु नपर्ने परिपाटीको अन्त्य गरिनुपर्ने रिट निवेदनमा माग गरिएको छ । शिक्षकहरूलाई प्रभावकारी बनाउन नियुक्ति पत्र लिएपश्चात् नयाँ लाइसेन्स प्रदान गरी उक्त लाइसेन्स हरेक ५ वर्षमा नवीकरण गर्न छुट्टै स्वतन्त्र निकाय गठन गर्न उनीहरूले माग गरेका छन् ।

विभिन्न तहका शिक्षकहरूलाई आयोगले नयाँ शिक्षक लाइसेन्स जारी गरी हरेक शिक्षकलाई उक्त लाइसेन्स ५-५ वर्षमा नवीकरण गराइ समय सापेक्ष अद्यावधिक गर्नुपर्ने निवेदनमा उल्लेख छ ।

यस्तै, शिक्षा ऐन, २०२८ संशोधन मार्फत आवश्यक नीति वा कानून तजुर्मा गरी छुट्टै शिक्षा काउन्सिल वा स्वतन्त्र निकायको व्यवस्था लागू गराउन पनि उनीहरूले माग गरेका छन् ।

विभिन्न तह र श्रेणीका शिक्षकहरूका लागि शिक्षा काउन्सिल वा अन्य निकायले पाठ्यक्रम तर्जुमा गरी हरेक ५ वर्षमा लाइसेन्स नवीकरण गर्दा शिक्षकले आफूलाई कम्पिटेन्सी प्रुफ गर्न परीक्षा दिनुपर्ने र उक्त परीक्षामा उत्तीर्ण भए मात्र लाइसन्स नवीकरण गराउनुपर्ने उनीहरूको माग छ । लाइसेन्स नवीकरण परीक्षामा सामेल भई उत्तीर्ण भएका शिक्षकहरूलाई निजको तह वृद्धि, स्तर वृद्धि वा बढुवा गर्दा निजले लाइसेन्सको परीक्षामा प्राप्त गरको प्राप्तांक र सो प्राप्तांकमा मिलान गर्ने नीति तर्जुमा गरी उक्त लाइसेन्स नवीकरण गर्ने व्यवस्था मिलाउनुपर्ने रिटमा निवेदनमा उल्लेख छ ।

देशभित्र नै खपत हुने गरी दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्न शिक्षकलाई समयसापेक्ष तालिम प्रदान गर्नुपर्ने आवश्यकता भएकाले रिट दायर गरिएको निवेदक कट्टेलले बताए ।

कट्टेलका अनुसार २०८० सालको माध्यमिक शिक्षा परीक्षामा सामेल भएका ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये ४७.८७ प्रतिशत उत्तीर्ण र ५२.१३ प्रतिशत अनुत्तीर्ण भएको अवस्था हेर्दा देशको विद्यालय तहको समग्र शिक्षा प्रणाली नै अनुत्तीर्ण भएको त हैन भन्नेसम्मको अवस्था उत्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्