“विदेशमा मात्रै हैन स्वदेशमा पनि छन् थुप्रै अवसर” – टिकाराम पुरी

<span class='c1'>“विदेशमा मात्रै हैन स्वदेशमा पनि छन्</span> <span class='c2'>थुप्रै अवसर” – टिकाराम पुरी</span>

 

बिराटनगर मङ्सिर १० , हरेक अङ्ग्रेजी महिनाको अन्तिम विहिबार बिराटनगरमा हुने "लास्ट थर्सडे" कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बिराटनगरको शिक्षा क्षेत्रमा एक अग्रणी व्यक्तित्व तथा एभरेस्ट स्कुल बिराटनगरका प्रिन्सिपल टिकाराम पुरीसंग बिराटनगरका ७० बढी युवायुवतीले अन्तरक्रिया गरेका थिए । पुरीले कार्यक्रममा युवाहरुलाई आफ्नो उद्यमशिलताका बारे जीवन कथा सुनाउनु भएको थियो । सुरुमा शिक्षक पेसाबाट करियर सुरु गरेपनि पछि जम्मा २५ हजार रुपैया आफ्नोतर्फबाट लगानी गरेर एभरेस्ट स्कुल सुरु गरेको उहाँले बताउनुभयो । उहाँले युवाहरूको प्रश्नको जवाफ दिदै नेपालमा कृषि क्षेत्रमा पनि निकै ठुलो अवसर रहेको , नेपालमा अझै धेरै खेत बाझै रहेको तर धेरै युवा यस्तो अवसरलाई छ‍ोडेर विदेश जाने गरेकाले दुख लाग्ने गरेको बताउनुभयो । अवसर नेपालमा पनि रहेको मात्र हामीले चिन्न नसकेको उहाँको भनाइ थियो
उक्त कार्यक्रम बिकल्प एन अल्टरनेटिभ , मेरील्याण्ड कलेज बिराटनगर (बिबिए) , मकालु टेलिभिजन र होटेल नमस्कारको संयुक्त आयोजनामा हुदै आएको छ । कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

fb_img_1480030289929

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्