विवादित जिल्ललामा जनमत संग्रह आबस्यक :गच्छदार ।

<span class='c1'>विवादित जिल्ललामा जनमत संग्रह</span> <span class='c2'>आबस्यक :गच्छदार ।</span>

सुमन तिमल्सिना
विराटनगर, मंसिर ९
मधेशी जनअधिकार फोरम लोकतान्त्रीकका अध्यक्ष बिजय कुमार गच्छदारले विवादित जिल्लाहरुमा जनतमत संग्रह गर्नु पर्ने बताउनु भएको छ । बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष गच्छदारले अहिलेको समस्याको समाधान जनमत संग्रह रहेको बताउनु भएको हो ।

ठुला नेताले आफ्नो दलको र सत्ताको स्वार्थमा जथाभावी गर्दै हिड्न थालेको भन्दै विवादित जिल्लाहरु झापा, मोरङ, सुनसरी, सिरहा र उदयपुर तथा अहिले अन्य प्रदेशमा मिलाउने भनेर आएका पस्चीमका पहाडी जिल्ला सहित कैलाली र कंचनपुरका विवाद समाधानको एउटै उपाय जनमत संग्रह रहेको बताउनु भएको हो । जनमत संग्रह सबै भन्दा उत्तम विकल्प हो, अध्यक्ष गच्छदारले भन्नुभयो, ‘म ठुला नेतालाई चुनौति दिन्छु तपाईहरु जनमत संग्रह गराउन सक्नु हुन्छ ?’संविधान संसोधन प्रस्तावप्रति असहमति जनाउदै गच्छदारले सबैैको सहमतीको आधारमा मात्र संविधान संसोधन प्रस्ताव अघि बढाउन सकिने धारणा राख्नुभो । अहिलेको संसोधन प्रस्तावले मुलुकलाई निकास नदिँदैन, गच्छदारले भन्नुभयो, ठुला दलका नेताले स्वार्थको कारण पटक पटक कुरा फेरीरहेको भन्दै यसले देशलाई भलो गर्दैन ।

आन्दोलनरत मधेशी मोर्चाका घटकहरुको पनि फरक धारणा आई रहेको भन्दै उहाँले अहिले भने जसरी संविधान संसोधन गरेर समस्या समाधान हुन नसक्ने जिकिर गर्नुभयो । ठुला नेताकै विशेष कृपाको कारण संविधानमा व्यवस्था भएको गरिएको १० पदमा अंगिकृत नागरिक पुग्न नसक्ने व्यबस्थामा परिवर्तन गरि ४ पदमा खुला गर्न लागिएको प्रति असन्तुष्टी जनाउँदै राष्ट्रपति र प्रधानमन्त्री पदमा समेत अंगीकृत नागरिक पुग्न सक्ने गरि खुल्ला गर्न उहाँले चुनौति दिनुभयो ।

ठुला नेताहरुकै स्वार्थको कारण समस्या बल्झिरहेकोमा जोड दिदै उहाँले समयमै निर्वाचन गराई संविधान कार्यान्वयन गर्न पनि ठुला तीन दलका नेताहरुबीच सहमती आवश्यक रहेको बताउनुभयो । ठुला दलका नेताहरुबीच विरोधाभाषपुर्ण अवस्था रहेको भन्दै उनले रुपान्तरीत प्रतिनिधि सभाको आयु १४ महिनामात्रै बाँकी रहेको अबस्थामा समयमै सबै तहको निर्वाचन गर्न गम्भिर बन्न समेत प्रमुख दलका नेताहरुलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्