पूर्व क्षेत्रमा लोडसेडिङ घटेपछि सबै तिर सकारात्मक प्रभाव

<span class='c1'>पूर्व क्षेत्रमा लोडसेडिङ घटेपछि</span> <span class='c2'>सबै तिर सकारात्मक प्रभाव</span>

बिनु तिम्सिना
तिहारपछि पूर्व क्षेत्रमा लोडसेडिङ घटेपछि सकारात्मक प्रभाव देखिन थालेको छ । लोडसेडिङ कम भएपछि उद्योग, अस्पताल, कार्यालय र व्यपारिक प्रतिष्ठानहरुसँगै घरेलु क्षेत्रमा पनि सकारात्क प्रभाव देखिन थालेको हो । एक रिपोर्ट

पछिल्ला केही दिनयता लोडसेडिङ घटेपछि सुनसरी–मोरङका औद्योगिक करिडोरका उद्योग तथा कलकारखानाहरु नियमित सञ्चालन हुन थालेका छन् । वर्षाैंदेखि लोडसेडिङ र कम भोल्टेजको समस्या झेल्दै आएका पूर्वका उद्योगीहरु लोडसेडिङ र कम भोल्टेजको समस्या समाधान भएपछि हर्षित भएका छन् । लोडसेडिङ घटेपछि उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुमा डिजलको खपत घटेको छ । जसले गर्दा खर्च घट्नुका साथै उत्पादन, व्यापार र सेवामा सुधार आउन थालेको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्ययले बताउनुभयो ।

अहिले विद्युतमा भएको चुहावटलाई नियन्त्रण गरिएका कारण पनि लोडसेडिङ घटेको उहाँको भनाइ छ । अझै पनि दुहबी र कटहरीमा ट्रान्सफर्मर जडान गर्ने विषयमा आफूहरुले पहल गरिरहेको र प्राधिकरण सकारात्मक देखिएकाले थप सुधार हुनेमा आफूहरु ढुक्क रहेको उहाँले बताउनुभयो । त्यस्तै नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले लोडसेडिङ कम भएपछि उद्योगहरुमा डिजलको खपत ह्वात्तै घटेकोले उत्पादन लागत पनि घट्ने बताउनुभयो ।

विगत १० वर्षभन्दा अघिदेखि लोडसेडिङ र कम भोल्टेजको समस्या आफूहरुले भोग्नु परिरहेको अवस्थामा लोडसेडिङ घटेपछि पूर्वका उद्योगीहरु उत्साहितसमेत बनेको उहाँको भनाइ छ । ६ देखि १२ घण्टासम्म लोडसेडिङ खेप्दै आएकोमा अहिले औद्योगिक क्षेत्रमा चार घण्टा मात्रै लोडसेडिङ हुन थालेको र यसलाई समेत घटाउन सके अझै उत्पादन लागत घट्ने उहाँको भनाइ छ । लोडसेडिङका कारण उद्योगहरुले विद्युतकै लागि भनेर सयौं लिटर डिजल खर्चनुपर्ने बाध्यता थियो । डिजलबाट उद्योग संचालन गर्दा प्रतियुनिट बिजुली ३४ रुपैयाँ पर्ने गर्दछ । विद्युत आपूर्ति हुँदा प्रतियुनिट १० रुपैयाँमै पर्छ । सरकारले क्षणिक समयका लागि होइन सधंंैका लागि मुलुकलाई लोडसेडिङमुक्त बनाउनुपर्नेमा उद्योगीहरुले जोड दिएका छन् । हाल दैनिक ९० देखि १ सय मेगावाट विद्युत आपूर्ति भइरहेकाले मोरङ र सुनसरी औद्योगिक करिडोरमा लोडसेडिङ घटेको नेपाल विद्युत प्राधिकरण दुहबी ग्रिडले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्