सुशांख्य नेपालद्वारा अभिमुखिकरण कार्यक्रम संचालन

<span class='c1'>सुशांख्य नेपालद्वारा अभिमुखिकरण</span> <span class='c2'>कार्यक्रम संचालन</span>

विराटनगर १० मंसिर । सुसाङख्य नेपालले सि.एस्.आई.टि.एन्. पूर्वाञ्चल, स्लास प्लस र काईचो ग्रुप अफ इन्भेन्सनको सहकार्यमा एजेलिया इङ्लिस बोर्डिङ् स्कुल पोखरियामा आई.सि.टि. अवार्नेस कार्यक्रम भव्यताका साथ आयोजना गरेको छ । उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का ५० जना विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा समाजमा भईरहेको आई.सि.टि.को गलत प्रयोगको वारेमा उजागर गर्दै यसको कसरि सहि उपयोग गर्न सकिन्छ भन्ने कार्यक्रमको मुख्य उदेश्य रहेको थियो ।

उक्त कार्यक्रममा रिशव मल्ल ठकुरी द्दारा एच्.टि.यम्.एल्. को सामान्य जानकारी तथा तालिम दिइएको थियो । त्यसैगरी शितलबावु लुईटेल, सागर वस्नेत र प्रवेश दुलाल द्दारा प्रेरणादायक कक्षा सञ्चालन गरेको थियो । यस्ता कार्यक्रमले विद्यार्थीहरुमा आई.टि. प्रति सकारात्मक सोचको विकास गर्ने यस संस्थाका अध्यक्ष प्रवेश दुलाल ज्यू ले आशा राख्नु भएको छ । आगामि दिनहरुमा कार्यक्रमहरु भइराख्ने कुरा संस्थाका जनसम्पर्क अधिकारी रिशव मल्ल ठकुरीले वताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्