शेख हसिनाले देश छाडेपनि प्रदर्शनकारीको अस्वभाविक हर्कत रोकिएन

<span class='c1'>शेख हसिनाले देश छाडेपनि</span> <span class='c2'>प्रदर्शनकारीको अस्वभाविक हर्कत रोकिएन</span>

एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि प्रदर्शनकारीहरुले देशका विभिन्न स्थानमा अस्वभाविक हर्कत देखाएका छन् ।

प्रदर्शनकारीहरुले देखाएको अस्वभाविक व्यवहारको तस्वीरहरु सामाजिक संजालमा भाइरल भएका छन् । जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ भने देशको शासन सेनाले जिम्मा लिएको भएपनि लुटपाट र हिंसात्मक घटना रोकिएका छैनन् । हसिनालाई ४५ मिनेटभित्र राजीनामा दिएर देश छाड्न चेतावनी दिएका प्रदर्शनकारीले मंगलबार पनि ठाउँ ठाउँमा अराजक व्यवहार प्रदर्शन गरेका छन् ।

राजधानी ढाकाका कैयौं क्षेत्रमा रातभर लुटपाट र आक्रमण भएको स्थानीय मिडियाहरुले जनाएका छन् । त्यस्तै प्रदर्शनकारीले ५० भन्दा बढी प्रहरी चौकीहरूमा आक्रमण र लुटपाट गरेको रिपोर्टमा उल्लेख छ । सोमबार कैयौं प्रहरी चौकीमा आक्रमण भएको थियो र धेरै ठाउँमा आक्रोशित भीडले प्रहरीसँग झडप गरेका थिए । कतिपय प्रहरी चौकीबाट प्रहरी भागेका थिए ।

प्रहरी चौकी भित्रबाट पंखा, कुर्सी, टेबुललगायत सबै प्रकारका सामान लुटिएको थियो । सुरक्षा संकटका कारण प्रहरी चौकीमा ड्युटीमा रहेका प्रहरीहरु आइतबार नै प्रहरी चौकी छाडेर सुरक्षित स्थानमा गएका थिए । प्रहरी चौकीका हतियार समेत लुटिएको समाचार संस्थाहरुले जनाएका छन् ।
उत्तेजित समूहले प्रधानमन्त्री निवासभित्रबाट छिरेर थुप्रै सामान चोरी समेत गरेका छन् । प्रधानमन्त्री बस्ने कुर्सीदेखि सोफा, पंखा, फ्रिज, लत्ताकपडा, भाँडाकुँडा लगायत थुप्रै सामानको चोरी गरेका छन् । मिडियामा आएका भिडियोहरुमा सेख हसिनाको सारी लगाएर प्रदर्शनकारीले फोटोसुट पनि गरेका देखिन्थे ।

केहीले भने उनका निजी कपडाहरु पनि उठाएको भिडियोमा देखिन्छ । सरकारले प्रदर्शन दबाउन प्रयास गरेपछि आन्दोलन थप हिंसात्मक बन्दै गएको स्थानीय मिडियाहरुले जनाएका छन् । सेनाले देशको शासन आफ्नो हातमा लिएपनि प्रदर्शनकारी शान्त बनेका छैनन् । प्रदर्शनकारी बंगलादेशको संसद, प्रधानमन्त्री निवाससहित कैयौं सरकारी भवनमा प्रवेश गरेर उदण्ड मच्चाउदा सेना मुकदर्शक बनेको आरोप लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्