कोशी अस्पताल विराटनगरमा अब दुई सिफ्टमा ओपीडी

<span class='c1'>कोशी अस्पताल विराटनगरमा अब</span> <span class='c2'>दुई सिफ्टमा ओपीडी</span>

विराटनगर । कोशी अस्पताल विराटनगरमा दुई सिफ्टमा बहिरंग (ओपीडी) सेवा सुरु भएको छ । कोशी अस्पतालले मंगलबारदेखि दुई सिफ्टमा ओपीडी सेवा संचालनमा ल्याएको हो ।

स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयको परिपत्रसँगै दुई सिफ्टमा ओपीडी सेवा सुरु भएको छ । अब दैनिक साढे ३ बजेसम्म चिकित्सक अनिवार्य अस्पतालमा बस्नुपर्ने नियम समेत लागु भएको छ । यसअघि दुई बजेसम्म मात्र चिकित्सकले ओपीडीमा बिरामी हेर्ने गर्दथे ।

ओपीडीमा आएका बिरामीले ल्याब रिपोर्ट देखाउने बेलामा चिकित्सक भेटन समस्या हुने गरेको थियो । रिपोर्ट देखाउन भोलिपल्ट आउनुपर्ने बाध्यताबाट केहि राहत हुने देखिएको छ । यद्यपी अस्पतालको ल्याब, एक्स–रे विभागले समयमै रिपोर्ट दिए भने मात्रै सेवाग्राहीलाई सहज हुनेछ ।

दोस्रो सिफ्ट पनि संचालन भएपछि बिरामीले ओपीडी चेकजाँच गराएकै दिन प्रयोगशाला रिपोर्ट देखाउन पाउने दावी गरिएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविराज सिंहका अनुसार ओपीडी टिकट काटनको लागि विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म समय खुल्ला रहनेछ । ‘पहिलो सिफ्टमा ओपीडीमा बिरामी जाँच्ने समय विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ ।

दोस्रो सिफ्टमा ओपीडीमा बिरामी जाँच्ने समय दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म हुनेछ छ । कोशी अस्पतालमा एक दर्जन बढी विभाग रहेका छन् । विभागिय प्रमुखहरुलाई सबै कुरा मिलाउन जिम्मेवारी दिइएको छ । कोशी अस्पतालको क्यान्सर र न्यूरो सर्जरी विभागमा एक जना मात्रै विशेषज्ञ चिकित्सक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्