विराटनगरमा पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद –आशालता रिजाल प्रतिष्ठानबाट डा. रुइत सम्मानित

<span class='c1'>विराटनगरमा पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद –आशालता</span> <span class='c2'>रिजाल प्रतिष्ठानबाट डा. रुइत सम्मानित</span>

विराटनगर , साउन २४

विश्वमा नै नेपालको नाम राख्न सफल प्रसिद्ध आँखा चिकित्सक डा सन्दूक रुइत र सनातन धर्म शंकरराचार्य पीठ वेद वेदवेदाङ्ग संस्कृत पाठशाला झापालाई आज विराटनगरमा एक समारोहवीच पुरस्कारबाट सम्मान गरिएको छ ।

पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा स्थापित एक लाख राशीको ज्ञान विज्ञान पुरस्कार डा रुइतलाई र एक लाख राशीको धर्म संस्कृति पुरस्कारबाट संस्कृत पाठशालालाई प्रदान गरिएको हो । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले पुरस्कार प्रदान गर्दै आँखा उपचार क्षेत्रमा स्वदेश तथा विदेशमा ठूलो योगदान दिनु भएको डा रुइतप्रति नेपाली जनता गौरव अनुभूति गरेको बताए । उनले हाम्रो देशमा विविध जातजाति, भाषासंस्कृति बसोवास गर्ने नागरिक बीच आपसी मेलमिलाप, एकता र धार्मिक सहिष्णुताबाट मुलुक र समाजमा समृद्धि कायम हुने विचार राखे ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले मुलुकको नाम विश्वमा फैलाउन सफल हुनु भएका डा रुइतलाई सम्मान गर्न पाँउदा ज्यादा खुशी लागेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमित स्रोत साधनको अधिकतम उपयोग गरि नागरिकलाई स्वास्थ्य सेवा एवं नगरको विकासमा कार्य गरिरहेको विचार व्यक्त्त गरे ।

सम्मानित व्यक्तित्व डा रुइतले सम्मानबाट ज्यादै खुशी भएको छु भन्दै मुलुकमा जनताको अकाल मृत्युलाई जोगाउन सरकारले आवश्यक अनुगमन सहित गुणस्तरीय सवारी साधन र हवाई यातायातको प्रयोग गर्नुपर्ने सुझाव दिए ।

प्रतिष्ठानका अध्यक्ष इन्दिरा रिजाल, सम्मानित सस्कृत पाठशालाका प्राचार्य लक्ष्मी खतिवडा र अच्युत प्रपन्नचार्य र प्राडा हरिप्रसाद अधिकारीले समाजमा धर्म संस्कृतिको रक्षा गर्न हामीसबै लाग्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्