कोशी अस्पतालमा महिला संघद्वारा पौष्टिक आहार

<span class='c1'>कोशी अस्पतालमा महिला</span> <span class='c2'>संघद्वारा पौष्टिक आहार</span>

विराटनगर । महिला संघ मोरङले स्थापना दिशसको अवसरमा कोशी अस्पतालको प्रसुती विभागमा पौष्टिक आहार वितरण गरेको छ । महिला संघ मोरङले ७७ औं स्थापना दिवशको अवसरमा पौष्टिक आहार वितरण गरेको हो । महिलाको सुरक्षा, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ महिला संघले देशैभर जनचेतनामलक अन्तरक्रिया लगायतका कार्यक्रम गरेको छ ।

सो अवसरमा बोल्दै महिला संघ मोरङ अध्यक्ष विजेता अधिकारी, नेपाली कांग्रेस मोरङ कार्यवहाक सभापति भक्तिनाथ माझीले महिला संघले नेपालको राजनीति परिवर्तनका साथै महिलाहरुको हक, अधिकार स्थापीत गर्न खेलेको भूमिकाको चर्चा गर्नुभयो ।

विक्रम संवत २००४ सालमा स्थापीत महिला संघले महिलाहरुको हक अधिकारको मात्र कुरा नगरेर हरेक तह र तप्कामा महिलाहरुको समानुपातिक समावेशीता अनिवार्य हुनुपर्ने सवाल उठाउँदै आएको छ । हरेक क्षेत्रमा ३३ प्रतिशत मात्र नभएर ५१ प्रतिशत महिला भएको देशमा ५० प्रतिशत महिलाहरुको समावेश हुनुपर्ने कुरा उठाउँदै आएको छ । कार्यक्रममा नेपाल महिला संघ मोरङकी सचिव प्रमिला थापा, नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरे, विराटनगर महानगरका प्रमुख नागेश कोइराला लगायतको सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्