सिंघिया नदी आरती सञ्चालनबाट नेपाली समुदायबीच सद्भावको सन्देश प्रभाव हुने: मुख्यमन्त्री कार्की

<span class='c1'>सिंघिया नदी आरती सञ्चालनबाट नेपाली समुदायबीच</span> <span class='c2'>सद्भावको सन्देश प्रभाव हुने: मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघिया नदी आरतीले नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताउनुभएको छ।

विपद, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगर -१ परोपकारधाममा आज साँझ देखिशुरु गरिएको सिंघिया नदीमा आरतीको शुभारम्भ गर्दै उहाँले प्रदेश सरकारले यो आरती ३६४ दिन नियमित सञ्चालनका आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले यस परोपकारधाम घाटको आवश्यक जीर्णोद्धार एवं थप भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश र स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो।

उहाँले यस क्षेत्रमा आरती सञ्चालनले धार्मिक पर्यटकको आगमनमा समेत वृद्धि हुने विश्वास व्यक्त्त गर्नुभयो । धाममा शुक्रबारदेखि सोमबारसम्म हरेक दिन साँझ ४ः३० वजे आरतीको कार्यक्रम हुने आरती सेवाका सल्लाहकार शंकर खरेलले जानकारी दिनुभयो ।

उहाँले चार दिनको महाआरती कार्यक्रम पछि हरेक शुक्रबार साँझ नियमित रुपमा आरती कार्यक्रम गरिने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला सहित विराटनगका विभिन्न वडाका वडाअध्यक्ष, कटहरी, बुढीगंगा , ग्रामथान गाउँपालिका र छिमेकी भारतीय सहरका धर्मावलम्वीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
५४ मिनेटको आरती कार्यक्रमका लागि १४० महिला भजन मण्डलीको सहभागी रहेका थिए ।

सिंघिया आरती कार्यक्रमका लागि पण्डित गोकुल भण्डारीको नेतृत्वमा पाँच जनाले नियमित अभ्यास गरिरहेका छन् ।
आरती सेवा सञ्चालनका लागि २४१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्