डा. केसीको समर्थनमा बिराटनगरमा सडक सन्देश

<span class='c1'>डा. केसीको समर्थनमा</span> <span class='c2'>बिराटनगरमा सडक सन्देश</span>

बिराटनगर मङ्सिर १३ , स्वास्थ्य क्षेत्रमा देखिएको विकृतिको विरुद्धमा अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा बिराटनगरमा सडक सन्देश कार्यक्रम गरिएको छ । बिराटनगरका दुईवटा अलगअलग ठाउँ तथा अलगअलग राजनीतिक दलको आयोजनामा सडक सन्देश तथा समर्थन सभा आयोजना गरिएको हो ।

 

बिराटनगरको अस्पताल चोकमा विवेकशील नेपाली दलको आयोजनामा सडक सन्देश तथा काठमाडौमा डा. केसीको समर्थनमा उत्रिएका युवाहरूलाई प्रहरीले पक्राउ गरेको विरोधमा युवाहरु सडकमा उत्रिएका थिए । "जायज माग राखेर डा. केसी यतिका दिनदेखि अनसन बस्दा पनि सरकारले कुनै चासो नदिएको हुनाले सरकारलाई दबाब दिन यस्तो कार्यक्रम गरिएको   विवेकशील  नेपाली दलकी मिरा लामाले बताइन् ।

यता नयाँ शक्ति नेपाल विधार्थी युनियन मोरङले पनि विराटनगरको ट्राफिक चोकमाा हातमा प्लेकार्ड लिएर डा. केसीलाई समर्थन गरेको छ । युवाहरूले विभिन्न नाराका प्लेकार्ड लिएर सडकमा उभिएका थिए । received_1828615247383914

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्