झापामा डेंगुबाट शिक्षिकाको मृत्यु

<span class='c1'>झापामा डेंगुबाट</span> <span class='c2'>शिक्षिकाको मृत्यु</span>

बिर्तामोड । झापा हल्दिबारी–४ का ४० वर्षीया अनिता पौडेलको डेंगु सङ्क्रमणबाट मृत्यु भएको छ ।

बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेललाई अन्य समस्यासँगै डेंगु पोजेटिभ रहेको अस्पतालले जनाएको छ । सामान्य ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारका लागि उहाँलाई बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा शुक्रबार निधन भएको हो ।

मृतक पौडेल हल्दिबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालयमा शिक्षकका रूपमा कार्यरत रहनुभएको थियो । झापामा यस वर्ष पहिलो पटक डेंगु सङ्क्रमणबाट मृत्यु भएको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

गत वर्ष बीएण्डसी अस्पतालमै पाँच जनाको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो । डेंगुका बिरामीहरू बीएण्डसी अस्पतालमा मात्र हाल केही बिरामी उपचाररत रहेको अस्पतालले जनाएको छ । -गोरखापत्र अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्