कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन् : मेयर कोइराला

<span class='c1'>कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय</span> <span class='c2'>कार्य गरेका छन् : मेयर कोइराला</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर समेत रहनुभएका नेपाली कांग्रेस मोरङका उपसभापति नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रका युवालाई आग्रह गर्नुभयो ।

मोरङको केराबारीस्थित लागूपदार्थ तथा मादक पदार्थ उपचार केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउनुभएका कोइरालाले लागूपदार्थ लगायतका कुलतमा लागेका व्यक्तिहरुले आफूलाई सुधारेर समाजमा उदाहरणीय कार्य गरेको बताउनुभयो ।

देश विकास गर्ने अभिभारा युवाको काँधमा भएकाले युवाहरु सही बाटोमा अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । कोइरालाले पछिल्लो समय सुधार केन्द्रहरु बढ्दै जानु चिन्ताको विषय भएको चर्चा गर्नुभयो । अभिभावकहरु सचेत भएमा युवाहरु कुलतमा फस्ने क्रममा कमी आउने मेयर कोइरालाले बताउनुभयो । ‘देशका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ,’ उहाँले थप्नुभयो, ‘बाँकी रहेका युवा पनि कुलतमा फस्दै जाने भने देशको विकास कसरी हुन्छ ? सोचनीय विषय बनेको छ । तीनै तहको सरकारको सहकार्य र समन्वयले कुलतमा लागेका युवालाई सही बाटोमा ल्याउन सकिन्छ ।’ मेयर कोइरालासहितको टोलीले स्थानीय युवा, पार्टीका नेता तथा कार्यकर्ताहरुसित समेत भेटघाट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्