सोलुखुम्बुमा करेन्ट लागेर एक जनाको मृ*त्यु

<span class='c1'>सोलुखुम्बुमा करेन्ट लागेर</span> <span class='c2'>एक जनाको मृ*त्यु</span>

सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-६ स्थितमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-४ का ४० बर्षीय बिष्णु राई रहेका छन् ।

शनिबार दिउँसो दुधकुण्ड नगरपालिका-६ स्थित जंगलमा विद्युत कार्यालयले हाजिरामा रुखको हाँगा काट्न स्थानीय ४० वर्षीय बिष्णु राई, ५१ वर्षीय कुमार बस्नेत, ३२ वर्षीय पसी शेर्पा र ३२ वर्षीय बुद्धिराज भण्डारीलाई लगाएकोमा रुखको हाँगा काटी भर्याङ निकाल्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनीहरुलाई उपचारार्थ जिल्ला अस्पताल फाप्लु ल्याएकोमा उपचारको क्रममा बिष्णु राईको मृत्यु भएको हो ।

अन्य घाईतेहरुको सोही अस्पतलामा उपचार भईरहेको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्