मोरङ र सुनसरीबाट लागुऔषधसहित दुई जना पक्राउ

<span class='c1'>मोरङ र सुनसरीबाट लागुऔषधसहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

विराटनगर । मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिबार राती सुनसरीको रामधुनी नगरपालिका-३ स्थितमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ज.२ प ५५९५ नम्बरको मोटरसाईकल चालक रामधुनी-७ का ३० वर्षीय थोमन नेपालीलाई निषेधित औषधि ट्रामानिल २८४० क्यापसुल, स्पास्मो १२० क्यापसुलसहित पक्राउ गरेको छ ।

त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे-३ का ३८ वर्षीय निगु दोर्जे तामाङलाई २५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्